
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आरुघाटका करिब चारसय जनालाई रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरखाको आरुघाट गाउँपालिकाले तीनसय ८० जनालाई १५ दिनको रोजगारी दिने भएको छ ।
कोराना भाइरसका कारण रोजगार गुमेका र मजदुरी गरी बिहान बेलुकी छाक जुटाउन समस्या भएका करिब चारसय जनालाई रोजगार दिइने गाउँपालिकाका रोजगार संयोजक महेश खत्रीले बताए ।
कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन गरेर रोजगार दिन लागिएको उनले जानकारी दिए ।
आयोजना अन्तरगत रोजगार पाउने व्यक्तिले दैनिक पाँचसय १७ रुपैया पाउने छन् । रोजगार कार्यक्रमका लागि चालु आर्थिक बर्ष केन्द्र सरकारबाट २८ लाख ६८ हजार सशर्त अनुदान रकम प्राप्त भएको र गाउँपालिकाको तर्फबाट दश लाख रकम विनियोजन गरिएको उनको भनाइ छ ।




