| आइतवार, कार्तिक २२, २०८३

म्याग्दीका कोरोना संक्रमितसंगै आएकाको पहिचान भयो, कोरोना नेगेटिभ भेटियो

म्याग्दीका कोरोना संक्रमित चढेकै बस चढेर आएका गोरखाका एक युवाको पहिचान खुलेको छ ।

उनी पालुङटार नगरपालिका वडा नं. २ निवासी रहेको भेटिएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

उनी पालुङ्टारको धर्मावती आधारभूत विद्यालयको क्वारेण्टाइनमा बसेका र पिसिआर परीक्षणको रीपोर्ट नेगेटिभ आएपछि होम क्वारेण्टाइनमा गइसकेका एसपी अधिकारीले बताए ।

उनी गत जेठ नौ गते सुनौलीको नमूना माविको क्वारेण्टाइनबाट म्याग्दी यातायातको बसमा आई डुम्रे झरेर गोरखा प्रवेश गरेका थिए ।

छिमेकी जिल्लाहरुमा समेत कोरोना संक्रमण फैलिएको र संक्रमितसंगै गोरखाका एक युवा पनि आएको समाचार आएपछि गोरखाबासी चिन्तित थिए ।

प्रतिक्रिया दिनुहोस्