
टिचिङ अस्पतालबाट आएका नाम्जुङका नवै जनामा कोरोना नरहेको पुष्टि
कोरोनाबाट मृत्यू भएकी सिन्धुपाल्चोककी कोरोना संक्रमितसंगै उपचार गराएर फर्केका गोरखा नाम्जुङका नवै जनामा कोरोना नरहेको पुष्टि भएको छ ।
केहीदिन अघि पठाइएको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ रहेको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
उनीहरुलाई अझै सातदिन होमक्वारेण्टाइनमा राख्ने गाउँपालिकाले जनाएको छ ।




