
टिचिङमा उपचार गराएर गाउँ फर्किएका ४ जना क्वारेन्टाईनमा
काठमाण्डौँ स्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार गराएर गाउँ फर्किएका भिमसेन थापा गाउँपालिका ८ का चार जनालाई क्वारेन्टाईनमा राखिएको छ । बिरामी र कुरुवा सहित उनीहरुलाई आईतवार साँझदेखि जागेश्वर माविको क्वारेन्टाईनमा राखिएको वडा अध्यक्ष बासु थापाले बताए ।
केहीदिन अघि त्रिवि शिक्षण अस्पतालमा प्रशुती भएकि महिलाको कोरोना भाईरसको कारण मृत्यू भएपछि गाउँमा त्रास बढ्ने भएकाले सुरक्षाका लागि क्वारेन्टाईनमा राखिएको हो । निमोनिया भएर उपचार गराउन गएका उनीहरु एक सातापछि घर फर्केका वडा सदस्य एवं कार्यपालिका सदस्य सरिता भट्टले बताईन ।




