| आइतवार, कार्तिक २२, २०८३

इट्टा ल्याएको गाडीमा रौतहटबाट गोरखा आएका चार जना क्वारेन्टाईनमा

रौतहटको इट्टाभट्टामा काम गर्दै आएका बिहिवार गोरखा भित्रिएका चार जना मजदुरलाई क्वारेन्टाईनमा राखिएको छ । कोरोना संक्रमणको त्रास बढिरहेका बेला जोखिम क्षेत्रबाट आएकाले उनीहरुलाई गोरखा नगरपालिकाले वडा नम्बर १० को मनकामना बहिरा बहुउद्देश्यीय माविमा तयार गरिएको क्वारेन्टाईनमा राखेको हो ।
खाने बस्ने, सुरक्षा र स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यकर्मी पनि खटिएको नगरप्रमुख राजनराज पन्तले बताए । उनीहरु १४ दिन क्वारेन्टाईनमा रहनेछन् । निर्माण सामग्री ढुवानी गर्ने गाडीमा उनीहरु गोरखा आएको नगरपालिकाले जनाएको छ ।
क्वारेन्टाईनमा बस्नेहरु नगरपालिका भित्रकै गोपाल थापा, यामबहादुर ढुङ्गाना, अनिल पौडल, चन्द्रकुमार परियार रहेका छन् । लामो समय लकडाउन भएको र इट्टाभट्टामा काम रोकिएपछि घर फर्किएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्