
किशोरीलाई चरित्र हत्या गरेको आरोपमा तीन युवाहरु पक्राउ
एक किशोरीलाई सार्वजनिक स्थलमा चरित्र हत्या हुने खालको व्यवहार गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सिरानचोक गाउँपालिका १ केराबारी सिम्पानीखेतकी १९ बर्षीया किशोरीलाई सार्वजनिक स्थलमा चरित्र हत्या हुनेखालको गतिविधि गरेको आरोपमा स्थानीय होमबहादुर रेग्मी, महादेव रेग्मी र दीपेन्द्र दाहाललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।
उनीहरु विरुद्ध सार्वजनिक हित विरुघको कसुर(अभद्र व्यवहार) शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मोबाइलमा बिभिन्न अश्लील सामग्री बनाएर आफूलाई बारम्बार उत्पीडन गराउने, हैरान बनाउने काम गरेको भन्दै किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् ।




