| आइतवार, कार्तिक २२, २०८३

सोमबार एकैदिन लकडाउन उल्लंघन गर्ने २५ सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार एकै दिन लकडाउन उल्लंघन गर्ने २५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

कोभिड१९ संक्रमणको जोखिमबाट पार्न सक्ने असरलाई न्यूनिकरण गर्न आव्हान गरिएको लकडाउन उल्लंघन गरेको भन्दै जिल्लाको बिभिन्न ठाउँबाट २५ वटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

योसंगै लकडाउन सुरु भएदेखि हालसम्म पाँचसय ४२ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सबै सवारीसाधनका धनीलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

 

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्