| आइतवार, कार्तिक २२, २०८३

नदीले बगाएर गोरखामा दुई जना बेपत्ता

 

नदीले बगाएर गोरखामा दुई जना बेपत्ता भएका छन् ।

त्रिशुली नदीले बगाएर १४ बर्षे बालक र मस्र्याङ्दी नदीले बगाएर १९ बर्षका किशोर बेपत्ता भएका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

गण्डकी गाउँपालिका वडा नम्बर १ पाङखोलाका १४ बर्षका विकास चेपाङ आइतबार दिउसो एक बजेतिर त्रिशुलीले बगाएर बेपत्ता भएका हुन् ।
बुबा रुद्रबहादुर चेपाङसंग नदीमा माछा मार्ने क्रममा उनलाई बगाएर बेपत्ता बनाएको डिएसपी खतिवडाले जानकारी दिए ।

बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका १ का १९ बर्षका कृष्णबहादुर पुन मगरलाई मस्र्याङ्दी नदीले बगाएर बेपत्ता बनाएको हो ।

गोरखाको शहीद लखन गाउँपालिका ३ भुवनीटारस्थित मस्र्याङ्दी नदीको छेउमा पौडी खेल्ने क्रममा नदीले बेपत्ता बनाएको डिएसपी खतिवडाले जानकारी दिए ।

उनीहरु दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्