
सांसद दवाडीद्वारा स्वाँरा र सौरपानीको स्वास्थ्यचौकीमा स्वास्थ्य सामग्री वितरण
गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले स्वाँरा र सौरपानीको स्वास्थ्यचौकीका लागि स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
लकडाउनका बेला गाउँमै रहेका सांसद दवाडीले बारपाक सुलीकोट गाउँपालिकाको वडा नं. ३ स्वाँरा र वडा नं. ४ सौरपानीको स्वास्थ्य चौकीका लागि मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेका नेविसंघका अजीरकोट गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिए ।
साथै दवाडीले ढोडेनीबाट घुञ्चोकटार हुदै सौरपानीसम्मका लागि निर्माण गरिएको सडकको अनुगमन गरेका छन् । शनिबार सर्भेटोलीसंगै सहभागी भई सडकको अबस्थाको अनुगमन गरेका दवाडीले जानकारी दिए ।




