| आइतवार, कार्तिक २२, २०८३

सिलिण्डर ग्याँस बिस्फोट हुँदा सत्रसयका दुई बालक घाइते

 

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा आइतबार बिहान सिलिण्डर ग्यास बिस्टफोट हुँदा दुई बालक घाईते भएका छन् ।

स्थानीय बिनोद विकको भान्सा कोठामा बिहान पौने आठ बजे सिलिण्डर ग्यास पड्कँदा उनका छोरा ११ बर्षका विवेक विक र सात वर्षका छोरा सरगम विक घाईते भएका हुन् ।

घाईतेमध्ये विवेक विकको शरिर र हातको केही भाग जलेको भने अर्का घाईते सरगम विकको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

उनीहरुको अहिले आँबुखैरेनी हाडजोर्नी अस्पतालमा उपचार भैरेहेको छ । सिलिण्डर ग्यास बिस्फोट हुँदा घरको अधिकांश भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

तस्वीरहरु : रामबहादुर धामीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्