| आइतवार, कार्तिक २२, २०८३

मृत्यु

बोर्लाङका गुम्दे सार्की छिमेकीको घरमा मृत अबस्थामा भेटिए

भीमसेनथापा गाउँपालिका वडा नं. ८ झगरेका गुम्दे सार्की छिमेकीको घरमा मृत अबस्थामा भेटिएका छन् ।

शुक्रबार साँझ स्थानीय वीरबहादुर थापाको घरमा सुतेका उनी शनिबार बिहान मृत अबस्थामा भेटिएको वडाअध्यक्ष बासु थापाले जानकारी दिए ।

उनी शुक्रबार साँझ अत्याधिक मादक पदार्थ सेवन गरी घर जान नसक्ने अबस्था भई छिमेकीको घरमा सुतेको वडाअध्यक्ष थापाले जानकारी दिए । घटना बारे प्रहरीमा जानकारी गराइएको उनले बताए ।

घटनाबारे अध्ययन गर्न प्रहरीचौकी बोर्लाङबाट प्रहरी पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्