| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेशका मन्त्री बस्नेतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले स्वास्थ्य कार्यालय गोरखालाई एकसय २० थान र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) किट प्रदान गरेका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्रदान गरिएको सो किट बुधबार मन्त्री बस्नेतले स्वास्थ्य कार्यालयका नरजंग ठकुरीलाई हस्तान्तरण गरे ।

साथै गोरखा अस्पतालका लागि मन्त्रालयबाट प्रदान गरिएको स्यानिटाइजर हस्तान्तरण गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर नवीन थापालाई सो स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी बुधबार नै आरुघाट पुगेर आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच थान पिपिई प्रदान गरेका छन् । मन्त्री बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख विजय श्रेष्ठलाई सो पिपिई सेट हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्