| आइतवार, कार्तिक २२, २०८३

रोट्याक्ट क्वल गोरखाले दियो प्रहरीलाई मास्क र सेनिटाईजर

रोट्याक्ट क्लव अफ गोरखाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई मास्क र सेनिटाईजर प्रदान गरेको छ । कोरोना रोकथामको अभियानमा गोरखा नगरपालिकालाई ३० हजार सहयोग गरेको रोट्याक्ट क्लव गोरखाले चार सय थान सर्जिकल मास्क र एक सय ४५ थान सेनिटाईजर दिएको हो ।
क्लवका अध्यक्ष बिपिन पोखरेलले जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कामको शिलसिलामा सर्वसाारण सँग प्रहरी धेरै घुलमिल हुने भएकाले उनीहरुलाई सुरक्षा सामग्री आवश्यक महशुस गरेर सहयोग गरिएको क्लवका सचिव शिवहरी तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्