
मनास्लु क्षेत्रमा लोपोन्मुख गिद्धको उद्धार
चितवनको कसरा जंगलमा गतबर्ष छाडिएको संरक्षित जातको गिद्धलाई गोरखाको मनास्लु क्षेत्रबाट उद्धार गरिएको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजनाले चुमनुब्री गाउँपालिका ३ नाक्चेतमा बुधबार बिरामी अबस्थामा फेला परेको गिद्धको उद्धार गरेको आयोजनाका प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।
सो गिद्ध संरक्षित ह्वाइट रम्प्ड(ध्जष्तभ च्गmउभम) प्रजातिको रहेको लामाले जानकारी दिए । स्थानीय एक किसानको घरमा बिरामी अबस्थामा पुगेको गिद्धलाई फिलिमस्थित आयोजनाको कार्यालयमा राखिएको लामाले बताए ।
३९ नंबरको ट्याग लगाइएको सो गिद्धलाई नेपाल पंक्षी संरक्षण संघले गतबर्ष कसराको पंक्षी उत्पादन केन्द्रमा उत्पादन गरेर छाडेको थियो ।
सो गिद्ध पुनः पंक्षी संरक्षण संघलाई नै हस्तान्तरण गर्ने नरेन्द्र लामाले बताए ।




