
जबर्जस्ती करणीको आरोपमा गोनपा ७ का एक युवा पक्राउ
एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
गोरखा नगरपालिका २ की १६ बर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका ७ का रामशरण सिर्मललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहे गर्ने प्रलोभनमा पारी गत चैत ३ गते दिउसो साँढे चार बजे किशोरीलाई जबर्जस्ती करणी गरेको पिडितका बुबाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
उनलाई आइतबार पक्राउ गरी जबर्जस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




