
बच्चा च्यापेर सुर्खेत पैदल हिँडेकी महिलालाई मेयरले गाढी चढाईदिए
डेढ वर्षको नानी च्यापेर टिका बस्याल झोला सहित कष्टले गोरखा आँबुखैरेनी सडकको बाह«किलोमा हिँडिरहेकी थिईन । ‘हप्ता १० दिन गाउँ पुग्न लाग्छ होला, हिँडेर जान लागेको’ उनले दुखेसो गर्दै भनिन् । सुर्खेत भेरिगंगा गाउँपालिका ७ काँठेघारी पुग्नुपर्ने ११ जना मध्ये चार जना महिला थिए । लामो बाटो पैदल नहिँडेका कारण उनीहरुलाई यात्रा सहज थिएन । महिला र वृद्ध सहित भएकाले उनीहरु छिटो हिँड्न सक्ने अवस्था थिएन । दिनभरी समय लगाएर बाह«किलो मिटर यात्रा गरेका उनीहरुलाई आईतवार साँझ मुसलधारे पानी बर्सिरहेको बेला सडकमा देखेपछि उक्त बाटो भएर यात्रा गर्दै गरेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्धार गरिदिए । कुखुराको दाना पु¥याएर फर्किएको गाडीलाई मुग्लिन पु¥याईदिन मेयर पन्तले अनुरोध गरे । पोखरेल सप्लार्यसको उक्त गाडीले सहजै स्विकार ग¥यो र मुग्लिन पु¥याईदियो ।
एक हप्ता देखि १० दिन हिँडेर भएपनि घर जाने योजना बनाएका उनीहरु गाडी पाएपछि दंग परे । हाँस्दै गाडी चढे ।
‘हामीलाई निकै खुसी लाग्यो, भगवान भेटेजस्तो भयो’ मजदुर नबिनकुमार परियारले भने । उनीहरु गोरखाको पालुङटारमा नरह निर्माणको काम गर्थे । कुखुरा बोक्ने गाडीमा कोचिएर चढ्दा समेत खुसीले हौसियका ती मजदुरलाई बाटोमा खाजा खानु भन्दै नगरप्रमुख पन्तले दुई हजार रुपैयाँ झिकेर बालिकाको हातमा राख्दै भने ‘लकडाउन खुलेपछि काम गर्न फेरी आउनुस है ।’ हामी आउँछौँ भन्दै गाडीको ढालाबाट हात हल्लाउँदै मजदुर हँसिलो अनुहार बनाएर हिँडे ।
सामुदायिक सेवा केन्द्रद्वारा मजदुरको उद्धार
गोरखाबाट हिडेर घर गइरहेका पैदल यात्रीको उद्धारका लागि पहल सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय आवश्यक व्यवस्था नगरेपछि विभिन्न सामाजिक क्षेत्रबाट उनीहरुलाई गन्तव्यमा पठाउने काम भइरहेको छ । कारण अलपत्र परेका १३ मजदुरलाई हरमटारीबाट उद्धार गरिएको थियो । भीमसेन थापा गाउँपालिका–५ वगुवास्थित लामाचौरमा भूकम्पपीडितका लागि सामूहिक बस्ती निर्माण गर्न आएका उनीहरुलाई सामदुायिक सेवा केन्द्रको पहलमा उद्धार गरिएको केन्द्रका अध्यक्ष कैलाशबाबु श्रेष्ठले बताए । बगुवामा हिडेर बाँके, सुर्खेत र रुकुम जान लागेका उनीहरुलाई हावा हुरी सहितको वर्षात भइरहेका बेला प्लास्टिक ओडेर सडकमा हिडिरहेका उनीहरुलाई सामुदायिक सेवा केन्द्र गोरखाले प्रहरीसँगको समन्वयमा नारायणगढसम्म ट्रकको ब्यवस्था गरिदिएको हो ।
लकडाउनको सुरुका दिनमा राजमार्गमा यात्रा गर्नेको ताँती देखिथ्यो । अहिले बिभिन्न ठाउँमा जनप्रतिनिधि, सुरक्षाकर्मी, अधिकारर्मीहरुले कष्टपूर्ण यात्रा गरिरहेकालाई आफैँले गाडी जोहो गरेर पठाउन थालेका छन् । ज्यालामा काम गरेर गुजारा गर्ने मजदुरहरु काम बिहिन भएपछि घर फर्कने क्रम भने अहिले पनि रोकिएको छैन । खाद्यान्न पु¥याएर फर्किएका ट्रकहरुले मजदुरलाई लगिदिने गरेकाले अहिले घर फर्कनेहरुलाई सहज भएको छ ।




