| सोमवार, कार्तिक २३, २०८३

पाईलैपिच्छे बार लगाउँदै र सवारी रोक्दैमा सावधानी हुँदैन (सम्पादकीय)

लकडाउन भन्दै मोटरेबल पुल, झोलुङ्गे पुल, एउटै टोलको धेरै ठाउँमा सडक बन्द गर्ने क्रम गोरखाका बढेको छ । जसका कारण अत्यावस्यक काममा हिँडेकालाई सास्ती भएको छ भने एम्बुलेन्स, खाद्यान्न लिएर हिडेका सवारी साधन घण्टौँ रोकिएका छन् ।
लकडाउन उलंघन गर्नेहरुलाई चेकजाँच गर्ने भन्दै राजमार्गको बिभिन्न ठाउँमा युवाहरु भेला हुने गरेका छन् । सरकारले सर्वसाधारण नगारिकलाई घरैमा बसेर सुरक्षित हुन आग्रह गरिरहेका बेला धेरै संख्यामा भेला हुने युवाहरुले लकडाउन पालना गराउने भन्दै चेकजाँच गर्ने क्रम देखासिखीको रुपमा बढेको छ । सँगै रहेका प्रहरीले भन्दा उनीहरुले चासो दिएर सवारी रोक्ने, पास माग्ने गर्दा अत्यावश्यक काममा हिँडेकालाई सास्ती मात्रै भएको छैन उनीहरु त्रसित पनि बनेका छन् । अनावस्यक हिँडेकालाई फिर्ता पठाउने काम सह«ायिन मान्न सकिएला तर यो काम राज्यको हो, सुरक्षकर्मीको हो । सर्वसाधारणले गरेकै छन् भने प्रशासन लाचार बन्नु हुँदैन ।
गोरखादेखि खैरेनीको २४ किलोमिटर सडकमा प्रहरी र स्थानीय गरी ५ देखि ८ ठाउँमा चेकजाँच गर्छन । जिल्ला प्रशासन कार्यालयले सवारी पासमा कडाई नगर्दा अनावस्यक हिँड्नेहरु बढेको हुनसक्छ । गोरखा भित्रने र बाहिरिने मुख्य नाकामा कडाई गर्ने, अन्य ठाउँमा सुरक्षाकर्मीको सक्रियता बढाउनुपर्छ । नियम नमान्नेलाई कडा कारवाही गर्ने नीति लिनुपर्छ । जहाँ जसले जतिबेला पनि रोक्न, खोल्न पाउने हो भने ज्यादती बढ्ने पक्का छ । स्थानीय सरकारका प्रमुखहरुले घरैपिच्छे सडक बन्द गरेर बसेकाहरुलाई सम्झाउनुपर्छ । भोली त्यहाँ कुनै बिपत्ती आयो, एम्बुलेन्स जानुप¥यो, खाद्यान्न पु¥याउनुप¥यो, औषधी ढुवानी गर्नुप¥यो भने अवस्था के होला ? तपाईले हालेको भाँजोले त्यतीबेला तपाईलाई नै पिरोल्नेछ, सिङ्गो गाउँलेलाई पिरोल्नेछ । समस्या बाजा बजाएर आउँदैन । सावधानी अपनाउनु राम्रो हो तर पाईलैपिच्छे रोक्ने छेक्ने गर्दैमा सावधानी हुँदैन । आधरभुत स्वास्थ्य र सरसफाईमा विषेश जोड दियौँ । सबैले आफ्नो दायित्व र कर्तब्य पुरा गरौँ ।

प्रतिक्रिया दिनुहोस्