
थाँक्रा काट्न गएका बोर्लाङ घाटबेशीका कुमालको लडेर मृत्यू
मंगलबार दिउसो रुखबाट लडेर बोर्लाङका एकजनाको मृत्यू भएको छ ।
थाँक्रा काट्न रुख चढेका भीमसेन थापा गाउँपालिका ८ घाटबेशीका ४५ बर्षीय इन्द्रबहादुर कुमालको लडेर मृत्यू भएको वडाअध्यक्ष बासु थापाले जानकारी दिए ।
उनको मंगलबार नै दाहसंस्कार गरिसकिएको स्थानीयबासीले बताएका छन् ।




