| आइतवार, कार्तिक २२, २०८३

शहीद लखन गाउँपालिकाको प्रकोप ब्यबस्थापन कोषमा शिक्षक संघद्वारा १० हजार प्रदान

नेपाल शिक्षक संघ शहीद लखन गाउँपालिका समितिद्वारा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषका लागि १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
समितिका अध्यक्ष कृष्णराज पन्तले सोमबार गाउँ कार्यपालिका कार्यालयमा गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरसको जोखिम न्यूनिकरण, रोकथाम तथा उपचार गर्ने प्रयोजनका लागि सो रकम हस्तान्तरण गरिएको समितिका अध्यक्ष पन्तले जानकारी दिए ।
सो कोषका लागि प्रदेश सरकारले पाँचलाख, साधना लघुवित्त वित्तीय संस्थाले ५० हजार रुपैयाँ प्रदान गरेको छ भने गाउँपालिका आफैले २५ लाख रुपैयाँ राखेको गाउँपालिकाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्