| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिका भित्र एघार हजार भन्दाबढिलाई राहत (कुन वडामा कति परिवार ? सुचि सहित)

गोरखा नगरपालिकाले लगातारको लकडाउनको असरका कारण दैनिक गुजारा गर्न समस्या भएका तीन हजार एक सय १५ घरधुरीका एघार हजार चार सय ८० जनालाई राहत बितरण गर्ने निर्णय गरेको छ । राहत बितरणमा ४३ लाख रुपैयाँ खर्च हुने नगरप्रमुख राजनराज पन्तले बताए । ‘राहत बितरण सोमवारदेखि सुरु हुन्छ’ उनले भने ।
लकडाउनको असरका कारण बिहान बेलुकी खान समस्या भएकाहरुलाई प्रतिब्यक्ती पाँच किलो चामल, आधा केजी दाल, आधा लिटर तेल, एक किलो नुन बितरण गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण अर्यालले बताए । ‘वडाबाट पनि टोलटोललाई राहत पाउन योग्य ब्यक्ती सिफारिस गर्न भनेका थियौँ, सोही अनुसार घरधुरी छनौट भएको हो’ प्रमुख प्रशासकिय अधिकृत अर्यालले भने ‘भिडभाड नगर्ने गरी भत्ता र राहत दिने योजना छ ।’ वडा सचिव र वडा अध्यक्षले वडामा लगेर दुईदिन भित्र बितरण गरिसक्ने सुचना अधिकारी प्रकाश ढकालले बताए । ‘राहत लगत्तै सामाजिक सुरक्षा भत्ता जानेछ, तयारी गर्दैछौँ धेरै दिन लाग्दैन’ उनले भने ।
सबैभन्दा धेरै मूख्य बजार क्षेत्र रहेको वडा नम्बर ६ मा छ सय ७५ घरधुरीले राहत पाउने भएका छन् भने सबैभन्दा कम वडा नम्बर ३ मा ९७ घरधुरीले राहत पाउने निर्णय नगरपालिकाले गरेको छ ।
वडा १ – १४९ घरधुरी
वडा २ – १०७ घरधुरी
वडा ३ – ९७ घरधुरी
वडा ४ – १०१ घरधुरी
वडा ५ –१६० घरधुरी
वडा ६ – ६७५ घरधुरी
वडा ७ –३६१ घरधुरी
वडा ८ – २३१ घरधुरी
वडा ९ – २९३ घरधुरी
वडा १० – १८२ घरधुरी
वडा ११ – १३२ घरधुरी
वडा १२ – २१४ घरधुरी
वडा १३ –२७१ घरधुरी
वडा १४ – १४२ घरधुरी

प्रतिक्रिया दिनुहोस्