| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकाका २८ जनाको द्रुत एण्टीबडी परीक्षण

 

गोरखा नगरपालिकामा विदेशबाट आएका ४३ जनामध्य २८ जनाको आरडिटी किटमार्फत द्रुत एण्टिबडी परीक्षण गरिएको छ । गोरखा अस्पताल, तारानगर स्वास्थ्य चौकी र कोखे आहाले सहरी स्वास्थ्य केन्द्रमा गरी २८ जनाको आरडिटी किटमार्फत कोरोना भाइरसको परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

‘गोरखा नगरपालिकामा विदेशबाट आउनेको संख्या ४३ हो । त्यसमध्य गोरखा अस्पतालमा नौ जनाको द्रुत एण्टिबडी परीक्षण गरियो’, जनस्वास्थ्य कार्यालय गोरखाका कोरोना परीक्षणसम्बन्धी स्रोत व्यक्ति नारायण अर्यालले भने, ‘तारानगर स्वास्थ्यचौकीमा नौ जनाको र कोखे आहाले सहरी स्वास्थ्य केन्द्रमा १० को आरडिटी परीक्षण गरिएको छ ।’ बाँकी रहेकाको अर्को दिनमा परीक्षण गरिने उनले बताए ।

यसअघि गोरखा नगरपालिकाभित्रका शंकास्पद व्यक्तिको द्रुत एण्टिबडी परीक्षण गर्ने भनिए पनि १५ जना उपस्थित नभएकाले उनीहरुका लागि अर्को दिन परीक्षण गर्ने अर्यालले जानकारी दिए ।

अन्य गाउँपालिकामा भने मंगलबारदेखि टोली गएर परीक्षण गर्ने कार्यक्रम रहेको अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्