
पालुङटारको विपद व्यवस्थापन कोषमा निर्माण व्यवसायी संघ र कर्मचारीद्वारा सहयोग
नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमणको रोकथाम तथा साबधानी अपनाउनको लागि निर्माण व्यवसायी संघ, पालुङटारले पालुङ्टार नगरपालिका कार्यालयलाई सहयोग गरेको छ ।
संघले स्थानीय तह बिपद ब्यवस्थापन कोषमा संघले ६० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । शुक्रबार आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष राजिन सुनारले नगरपालिकाका लेखा अधिकृत सुवन शर्मालाई प्रदान गरे ।
कार्यक्रममा नगरपालिकाका मेयर दीपकबाबु कडेल, उपमेयर पम्फा बसेल, वडा ५ का वडाअध्यक्ष दिपक पाण्डे सहभागी थिए ।
सोही अवसरमा नेपाल आवास पुनर्निर्माण परियोजना पालुङ्टार क्लस्टर १ मा कार्यरत कर्मचारीहरुको तर्फबाट संकलित एघार हजार पाँच सय ५१ कर्मचारी हरिकृष्ण बिष्टले लेखा अधिकृत शर्मालाई हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा मेयर कँडेलले बिपत ब्यबस्थापनको बेलामा गरिएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।




