| आइतवार, कार्तिक २२, २०८३

नेपाल मेड र लिगलिग सहकारी संस्थाद्वारा पालुङटार नगरपालिकाको विपद व्यवस्थापन कोषमा रु ७० हजारको चेक हस्तान्तरण

नेपाल मेड, नेपाल र लिगलिग बचत तथा ऋण सहकारी संस्थाले पालुङटार नगरपालिकाको स्थानीय तह विपद व्यवस्थापन कोषका लागि ७० हजार रुपैयाँ प्रदान गरेका छन् ।

बिश्वभरी महामारीको रूपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड १९) को संक्रमणको रोकथाम तथा साबधानी अपनाउने प्रयोजनका लागि नेपाल मेडले ५० हजार र लिगलिग सहकारी संस्थाले २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । नेपाल मेड नेपालका अध्यक्ष एवं आँपपिपल अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरी र सहकारी संस्थाका अध्यक्ष जीवनमणि लुइँटेलले बुधबार नगरपालिकाका मेयर दीपकबाबु कँडेल र नगरपालिकाका लेखा अधिकृत सुवन शर्मालाई हस्तान्तरण गरेका हुन् ।

सो सहयोगले बिपत ब्यबस्थापनको बेलामा ठूलो राहत हुने भन्दै मेयर कँडेलले बिश्वभर फैलिएको कोरोना संक्रमणसँग जुधिरहेको परिवेशमा सहयोग गर्ने संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्