| आइतवार, कार्तिक २२, २०८३

लकडाउन उल्लंघन गर्नेहरु रु १०० तिरेर छुटे

कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै लागु गरिएको लकडाउनका बेला अनाधिकृत रुपमा मोटरसाइकल चलाउनेलाई एकसय रुपैयाँ जरिबाना गरिएको छ ।

शनिबारको लकडाउन उल्लंघन गरी सवारी चलाउने दुई जनालाई एकेकसय रुपैयाँ जरिबाना तिराएर छोडिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिबन्धित समयमा मोटरसाइकल चलाउने गोरखा नगरपालिका १२ निबासी डेबिट तामाङ र होमबहादुर तामाङलाई जरिबाना गरिएको प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्