| आइतवार, कार्तिक २२, २०८३

गोरखामा भारतीय बजारबाट तरकारी ल्याउन बन्द

गोरखा नगरपालिकामा भारतीय बजारबाट तरकारी ल्याउन बन्द गरिएको छ ।

कोरोना भाइरसको सम्भावित खतराबाट बच्न भन्दै नगरपालिको भारतीय बजारबाट तरकारी नल्याउन यहाँका तरकारी ब्यबसायीलाई निर्देशन दिएको हो ।

‘अबदेखि भारतीय बजारबाट तरकारी नल्याउन हामीले निर्देशन दिएका छौं’, गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईले भने, ‘गोरखामै उत्पादन भएका तरकारी ज्यामिरेघाट, फिस्लिङ, धवादीतिरबाट तरकारी ल्याउन आग्रह गरेका छौं ।’ बजारमा अहिले डेरावालहरु प्राय गाउँतिर गइसकेको र उपभोक्ता पनि कम भएकाले गोरखामै उत्पादन भएको तरकारले माग धान्न सक्ने उनले बताए ।

साथै नगरपालिकाले ग्याँस आयातका लागि कम्पनीसंग समन्वय गरी ढुवानीका लागि सिफारिस गरेको जनाएको छ । खाद्यान्न पनि दुई महिनालाई पुग्ने मौज्दात रहेको भन्दै नगरपालिकाले व्यपारी व्यवसायीहरुलाई साँझ बिहान मिलाएर पसल खोल्न आग्रह गरेको अधिकृत अम्गाईले बताए ।

प्रतिक्रिया दिनुहोस्