| आइतवार, कार्तिक २२, २०८३

मान्छे निरन्तर आवतजावत गरेपछि स्थानीयबासी त्रसित, माछाखोला सडकमा जीप चलिरहेको दाबी

लकडाउनका बेला पनि एक गाउँबाट अर्को गाउँमा मान्छेहरु निरन्तर आवतजावत गरिरहेपछि स्थानीयबासी त्रसित भएका छन् ।

लकडाउनको १२ दिन बितिसक्दा पनि आरुघाटबाट आफ्नो गाउँमा लस्करै मान्छेहरु आइरहेको धार्चे गाउँपालिका ३ खोर्लाका बासिन्दाले बताएका छन् । ‘आज पनि हाम्रो गाउँमा आठ जना मान्छे आरुघाटबाट आइपुगे’,  खोर्लाका दिलबहादुर गुरुङले भने, ‘कसरी आयौं भनेर सोध्दा गाडी चढेर आएका हौं भने । गाउँका मान्छेलाई लकडाउन भनेर घरघरमै राखिएको छ, तर बाहिर गएका मान्छेहरु निर्बाध रुपमा आइरहेका छन् ।’

वडाअध्यक्षलाई सुनाउँदा क्वारेण्टाइनमा राख भन्ने तर उनीहरु क्वारेण्टाइनमा राख्न खोज्दा पनि नमान्ने गरेको उनको गुनासो छ ।

‘आरुघाटबाट मात्रै त पक्कै होइन’, उनले भने, ‘खास कहाँबाट आएको हो भनेर सोध्दा नबोलेपछि झन हामीलाई त्रास भयो ।’
ओहोरदोहर गर्नेलाई व्यवस्थित गर्न माछाखोलास्थित सडकमा प्रहरीबिट बनाए पनि त्यहाँ प्रहरी नबस्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्