
गोरखा उद्योग वाणिज्य संघद्वारा सर्जिकल मास्क वितरण
गोरखा उद्योग वाणिज्य संघले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै मास्क वितरण गरेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय, भीमसेन थापा गाउँपालिका, एम्बुलेन्स चालक र पत्रकार महासंघलाई मास्क वितरण गरेको संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले जानकारी दिए ।
सबैलाई गरी एकहजार थान मास्क वितरण गरिएको श्रेष्ठले बताए ।




