
अब प्रहरी कार्यालयमा दुई वटा एम्बुलेन्स नियमित ‘स्ट्याण्डबाइ’
जिल्ला प्रहरी कार्यालयमा अब नियमित रुपमा दुई वटा एम्बुलेन्स ‘स्ट्याण्डबाइ’ रहने भएका छन् ।
कोभिड १९ का सम्भावित बिरामीलाई आकस्मिक सेवा दिने उद्देश्यले प्रहरी कार्यालयमा सँधै उपलब्ध हुने गरी एम्बुलेन्स राख्न सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
एम्बुलेन्सले बिरामी बोक्न नमान्ने तर अन्य यात्रु बोकेर गुडिरहेको गुनासो आएकाले बिहिबारदेखि आकस्मिक बिरामीको सेवाका लागि दुई वटा एम्बुलेन्स स्ट्याण्डबाइ राख्न थालिएको अधिकारीले जानकारी दिए ।
नजिक रहेको एम्बुलेन्स नपाउनेले जिल्ला प्रहरी कार्यालय परिसरमा रहने एम्बुलेन्सका लागि १०० मा ९८५६०९०२५५ मा सम्पर्क राख्न सक्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
कोरोनाको शंकास्पद संक्रमणलाई ध्यानमा राखी प्रहरीले बिरामीबाहेक अन्य यात्रु बोके नबोकेको बारे एम्बुलेन्सको निगरानी बढाइएको पनि एसपी अधिकारीले बताए ।




