| आइतवार, कार्तिक २२, २०८३

गोरखाको छेकम्पारमा पनि क्वारेण्टाइन स्थल निर्माण

तिब्बतको सीमानामा रहेको गोरखाको छेकम्पारमा कोरोनाबाट शंकास्पद बिरामी हुनेलाई राख्न क्वारेण्टाइन निर्माण गरिएको छ ।

चुमनुब्री गाउँपालिका ७ जोङस्थित छेकम आधारभूत विद्यालयमा दुई कोठे क्वारेण्टाइन निर्माण गरिएको वडा अध्यक्ष लामा पासाङले जानकारी दिए ।

‘दुई वटा कोठामा दुई जना अट्ने गरी क्वारेण्टाइन बनाएका छौं’, उनले भने, ‘क्वारेण्टाइनमा बस्नेका लागि छुट्टै पकाएर खाने, सुत्ने प्रबन्ध गरेका छौं ।’ तर गाउँमा १४ दिनअघिदेखि आउनेमा कोही पनि शंकास्पद बिरामी नदेखिएको उनले बताए ।

गाउँमा बाहिरबाट आउनेलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइसकिएको उनले बताए । विदेशी पर्यटक सबै फिर्ता भइसकेको र विदेशबाट आउने गाउँलेहरु पनि १४ दिनदेखि कोही पनि नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्