| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालमा उपचाररत दुईजनालाई कोरोना नभएको पुष्टि, एकजनाको रिपोर्ट आउन बाँकी

गोरखा अस्पतालमा उपचाररत दुई बिरामी कोरोना भाइरसबाट संक्रमित नभएको पुष्टि भएको छ।

सोमबार स्वाब पठाइएका सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका दुई बिरामीको कोरोना भाइरस नभएको रिपोर्ट आएको गोरखा अस्पतालले जनाएको छ ।

मंगलबार स्वाब पठाएको एकजनाको भने अझै रिपोर्ट आएको छैन ।

उनीहरुलाई उच्च ज्वारो आएपछि शुक्रराज ट्रपिकल अस्पताल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको थियो ।
रिपोर्ट नेगेटिभ आएपछि अब उनीहरुलाई आइसोलेशनबाट वार्डमा सारेर उपचार गरिने अस्पतालले जनाएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्