| आइतवार, कार्तिक २२, २०८३

गोरखा र धादिङ जोड्ने पुलमा ताल्चा

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न भन्दै गोरखा र धादिङ जोड्ने घाटबेशीको पुलमा ताल्चा लगाइएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका ८ घाटबेशी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ सल्यानटार जोड्ने बूढीगण्डकी माथिको पुलमा ताल्चा लगाइएको हो ।

लक डाउनका बेला पनि मान्छेको आवतजावत नरोकिएकाले पुलमा साङ्ला बाँधेर ताल्चा लगाएको भीमसेनथापा गाउँपालिका ८ का वडाअध्यक्ष बासु थापाले जानकारी दिए । ‘दिउसो त पुलको दुवै जीपमा प्रहरी बस्छ । तर रातीराती मोटरसाइकलमा उताबाट धेरै मान्छेहरु आउन थाले त्यसैले ताल्चा ठोकियो’, अध्यक्ष थापाले भने, ‘साँचोचाहिँ घाटबेशी टोल सुधार समितिलाई बुझाएका छौं । कसैलाई जरुरी काम प¥यो भने खोलेर आवतजावत गर्न मिल्छ ।’ मान्छेहरु साङ्ला नाघेर पनि हिड्न मिल्ने उनले बताए ।

दराई गाउँकी २६ बर्षीया देवी दराई ज्वारो र स्वासप्रस्वासका कारण मृत्यू भएपछि त्रसित भएका स्थानीयबासीको सुझाव र टोल विकास संस्थाको निर्णय अनुसार ताल्चा लगाइएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्