
मेडिकल तथा फार्मेसी बन्द नगर्न गोरखा नगरपालिकाको आग्रह
गोरखा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिक, औषधी पसलहरु साबिको झै खुल्ला राख्न नगरपालिकाले निर्देशन दिएको छ ।
कोरोना महामारीको त्रास फैलिरहेका बेला कतिपय निजी अस्पता, क्लिनिक, पोलिक्लिनिक, औषधी पसलहरु बन्द रहेको गुनासो आएको भन्दै नगरपालिकाले तत्काल खुलाउन निर्देशन दिएको हो । अत्यावश्यकीय सेवा अन्तर्गत पर्ने यस्ता सेवा बिपदका बेला बन्द गरी बस्नु अनुचित हुने भन्दै नगरपालिकाद्वारा जारी सार्वजनिक सूचनामा यस्तो गरेको पाइएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।




