| आइतवार, कार्तिक २२, २०८३

चुमनुब्रीको गपमा पनि क्वारेण्टाइन तयार

दुर्गम हिमाली गाउँ गपमा पनि २० बेडको क्वारेण्टाइन तयार भएको छ ।

नुब्री आधारभूत विद्यालयमा क्वारेण्टाइन तयार गरेको चुमनुब्री गाउँपालिका ४ का वडाअध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए ।

विश्वभर फैलिरहेको कोरोना भाइरसबाट कोही शंकास्पद बिरामी देखिएमा अलग्गै राखेर उपचार गर्ने उद्देश्यले क्वारेण्टाइन तयार गरेको उनले बताए ।
लकडाउनका कारण खाद्यान्न संकट नहोओस् भनेर पाँचसय बोरा चामल पनि संकलन गरी राखेको वडाअध्यक्ष लामाले बताए ।
साथै चुमनुब्री ४ मा विदेशबाट आउनेहरु नरहेको र गाउँको अबस्था अहिलेसम्म सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्