
वल्डक्यापिटलमा १५ बेडको आइसोलेशन, मनकामना बहिरा माविमा ५० बेडको क्वारेण्टाइन तयार
नेपाली सेनाले द वल्डक्यापिटल माविमा १५ बेडको आइसोलेशन तयार गरेको छ ।
त्यस्तै टक्सारको मनकामना बहिरा माविमा ५० बेडको सामुहिक क्वारेण्टिन तयार गरेको नेपाली सेनाले जनाएको छ ।
कोरोना भाइरसका बिरामीलाई अलग्गै राखेर व्यवस्थित रुपमा उपचार गर्ने उद्देश्यले वल्डक्यापिटल माविमा आइतबार र सोमबार गरी १५ बेडको आइसोलेशन तयार गरेको रणसिँह दल गणका प्रमुख सेनानी उज्वल केशीले बताए ।
‘आइतबार पाँच बेड तयार गरेका थियौं, सोमबार १० वटा गरी जम्मा १५ बेडको आइसोलेशन तयार गर्यौं’, रणसिँह दल गणका प्रमुख सेनानी उज्वल केशीले भने, ‘त्यस्तै मनकामना बहिरा माविमा ५० शैयाको क्वारेण्टाइन तयार गरेका छौं ।’ हालका लागि ५० बेड तयार गरे पनि आवश्यकता हेरी थप गर्न पनि सकिने उनले बताए ।




