
घ्याच्चोकका पाँचसय घरधुरीमा साबुन बितरण गर्ने
अजीरकोट गाउँपालिका वडा नं. १ घ्याच्चोकका हरेक घरमा साबुन बितरण गर्ने भएको छ ।
कोरोना भाइरस नष्ट गर्न साबुन पानी अति उपयोगी हुने भन्ने जानकारी आएकाले हात धुनका लागि घरघरमा साबुन वितरण गर्ने निर्णय गरिएको वडा अध्यक्ष मनु गुरुङले जानकारी दिए ।
वडा कार्यालयको आफ्नै खर्चमा साबुन खरिद गरी गाउँलेलाई वितरण गर्ने निर्णय गरिएको उनले बताए । वडा नं. १ मा नौ वटा टोल रहेको छ । विपद व्यवस्थापन तथा समन्वय समिति टोल टोलमा गएर साबुन वितरण गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।




