| आइतवार, कार्तिक २२, २०८३

बारपाक सुलीकोटमा विदेशबाट आउनेको संख्या २७, सबैको अबस्था सामान्य

लकडाउन हुनुभन्दा केहीदिनअघिसम्म बारपाक सुलीकोट गाउँपालिकामा विदेशबाट २७ जना आएको पाइएको छ ।

जिल्लास्तरीय कमाण्ड पोष्टले शुक्रबार सार्वजनिक गरेको सूचीमा जिल्लाभर विदेशबाट आएका ३८ जनाको नाम सार्वजनिक गरेको थियो ।

जसमा बारपाक सुलीकोटमा विदेशबाट १३ जना आएको सूची सार्वजनिक भएको थियो ।

गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले २७ जनाको नाम प्राप्त भइसकेको जानकारी दिए ।

उनका अनुसार वडा नं. १ र २ बारपाक गाउँमा खाडी मुलुकबाट दुईजना, जापानबाट दुईजना र भारतबाट आठजना आएका छन् । त्यस्तै वडा नं. ३ स्वाँरामा तीनजना, वडा नं. ५ मा भारतबाट दुई जना, वडा नं. ६ मा दुबईबाट एक, कोरियाबाट एक, भारतबाट चार जना, वडा नं. ७ मा भारतबाट दुई र वडा नं. ८ मा भारतबाट दुई जना आएका अध्यक्ष भट्टले जानकारी दिए ।

उनीहरु सबै होम क्वारेण्टाइनमा रहेका र अबस्था सामान्य रहेको अध्यक्ष भट्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्