| आइतवार, कार्तिक २२, २०८३

विदेशबाट आउनेको संख्या शहीद लखनमा ३७ जना, उनीहरु सबै होम क्वारेण्टाइनमा

 

शहीद लखन गाउँपालिकामा विभिन्न देशबाट आएका ३७ जना होम क्वारेण्टाइनमा छन् ।

जिल्लास्तरीय कमाण्ड पोष्टले शुक्रबार सार्वजनिक गरेको सूचीमा जिल्लाभर विदेशबाट आएका ३८ जनाको नाम सार्वजनिक गरेको थियो ।
तर शहीद लखन गाउँपालिकामा मात्र विदेशबाट आएकाको संख्या ३७ जना पाइएको छ । गाउँपालिकाका अध्यक्ष रमेश थापाका अनुसार भारतबाट आउने मात्र २३ जना छन् ।

वडा नं. १ मा भारतबाट आएका चार जना होम क्वारेण्टाइनमा छन् ।

वडा नं. २ मा एकजना मलेसियाबाट र एक जना कतारबाट आएकालाई क्वारेण्टाइनमा राखिएको अध्यक्ष थापाले बताए । त्यस्तै वडा नं. ३ मा एकजना कुवेतबाट आएका छन् भने वडा नं. ४ मा भारतबाट आउने आठ जना छन् । त्यस्तै वडा नं. ५ मा साउदीबाट आएका एक जना, वडा नं. ६ मा मलेसियाबाट आएका एक जना, वडा नं. ७ मा भारतबाट आएका छ जना छन् ।

त्यस्तै वडा नं. आठ मा चार जना भारतबाट आएका एक जना न्यूजिलैँण्डबाट, एक जना फ्रान्सबाट र वडा नं. ९ मा भारतबाट आएका पाँचजना रहेको छन् ।

उनीहरु सबैलाई होम क्वारेण्टाइनमा राखिएको र सबैको अबस्था सामान्य रहेको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्