| आइतवार, कार्तिक २२, २०८३

कोरोनाको सम्भावित जोखिम न्युनिकरण गर्न गोरखामा कमाण्डपोष्ट

विश्वव्यापी फैलिएको कोरोना भाइरस(कोविड १९) को सम्भावित जोखिम न्यूनिकरण गर्न गोरखामा जिल्लास्तरीय कमाण्डपोष्ट गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको संयोजकत्वमा आठ सदस्यीय कमाण्डपोष्ट गठन गरिएको हो ।

कमाण्डपोष्टमा रणसिँह दल गणका गणपति प्रमुख सेनानी उज्वल केशी, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारी, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक पप्पु शर्मा, सशस्त्र प्रहरी बलका डिएसपी गुणराज न्यौपाने, जनस्वास्थ्य कार्यालय गोरखाकी प्रमुख विद्या तामाङ, गोरखा अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट अनील थापा सदस्य तथा र प्रशासकीय अधिकृत हर्क रोका सदस्य सचिव रहेका छन् ।

कमाण्डपोष्टले दैनिक न्यूनत्तम एकफेर बैठक बसी जिल्लाको अबस्थाको बारेमा छलफल गर्ने र आवश्यक कदमका लागि निर्णय गर्ने संयोजक प्रजिअ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्