
कोरोना संक्रमितसंगै आएका गोरखाका युवा काठमाडौं आइसोलेशनमै
कोरोना संक्रमित एक युवती चढेको कतार एयरवेजको जहाजमा आएका गोरखाका युवा काठमाडौंमा आइसोलेशनमा रहेको पाइएको छ ।
गोरखा नगरपालिका ५ डण्डीडाँडाका ३८ बर्षका ती युवा काठमाडौंको बनस्थलीमा आइसोलेशनमा रहेको खुल्न आएको गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
उनको स्वास्थ्य अबस्था सामान्य रहेको एसपी अधिकारीले बताए ।
गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी कोरोना संक्रमित एक युवती चढेको कतार एयरवेजको जहाजमा उनी पनि आएको विवरणको आधारमा गोरखाका यी युवाको खोजी हुँदा मंगलबार भेटिएको एसपी अधिकारीले बताए ।




