
गोरखा बजार बिहानैदेखि सुनसान
गोरखा सदरमुकाम मंगलबार बिहानदेखि सुनसान छ । सडकमा सवारी साधन गुडेका छैनन् । पसलहरु सबै बन्द भएका छन् । स्थानीयबासी समेत फाट्टफुट्ट हिडेको देखिन्छ ।
केन्द्र सरकार र जिल्ला प्रशासन कार्यालय गोरखाले ‘लकडाउन’ गर्न आव्हान गरेअनुसार गोरखा सदरमुकाम अहिले सुनसान बनेको हो ।
फाट्टफुट्ट खुलेका चिया पसलहरु पनि प्रहरीले बन्द गराउँदै हिडेको छ ।
एकसातासम्म जिल्ला लकडाउन गरेकाले उल्लंघन नगर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आग्रह गरेका छन् ।




