
मनास्लु प्रवेशद्वारमा हेल्थ डेक्स
उत्तरी गोरखाको मनास्लु क्षेत्र प्रवेसद्वार चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ जगतमा हेल्थ डेक्स राखिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) र कम्यूनिटी एक्सन नेपाल (क्यान) को आर्थिक तथा प्राविधिक सहयोगमा शनिवारदेखि हेल्थ डेक्स राखिएको हो । उक्त डेक्समार्फत मनास्लु क्षेत्र गएका र त्यहाँबाट फर्किएका पर्यटकको स्वास्थ्य जाँच गरिएको एमक्यापका प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।




