| आइतवार, कार्तिक २२, २०८३

कोरोनाबाट बच्न गुरुकुलमा हनुमान चालिसा पाठ

विश्वभर फैलिएको कोरोनाबाट बच्न तथा बचाउनका लागि भन्दै गोरखाको गोरक्षनाथ वैदिक गुरुकुलमा नित्य हनुमान चालिसा पाठ गर्ने गरिएको छ । कोरोना भाइरस वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई प्रसन्न पार्न दैनिक बिहान र साँझ हनुमान चालिसा पाठ गर्ने गरिएको प्राचार्य इश्वरीप्रसाद उपाध्यायले जानकारी दिए ।

‘कोरोनाको भाइरस वायुको माध्यमबाट चीनबाट इटली, अमेरिका हुदै विश्वभर फैलिएको छ । त्यसैले वायुपुत्र हनुमानलाई प्रसन्न पारेर राष्ट्रशान्ति र विश्वशान्तिका लागि तीनदिनदेखि हामीले हनुमान चालिसा पाठ गर्न थालेका छौं’, उपाध्यायले भने, ‘बिहान पौने नौबजे र साँझ साँढे पाँचबजे पनि पाठ गर्छौं ।’ गुरुकूलकै एकजनालाई कर्ता बनाएर संकल्प लिई पाठ गर्ने गरिएको उनले बताए ।

कोरोनाको त्रासमुक्त गराउन दुर्गासप्तशती चण्डी पनि पाठ गर्न थालिएको उनले बताए ।

दुर्गासप्तशती चण्डी नवरात्रसम्म पाठ गर्ने र हनुमान चालीसा पाठचाहिँ कोरोना निवारण नभएसम्म गरिरहने गुरुकूलका अध्यक्ष पुरुषोत्तम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्