| आइतवार, कार्तिक २२, २०८३

गोरखामा जरुरी काममाबाहेक घर बाहिर हिडडुल नगर्न आग्रह

 

कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले जरुरी कामबाहेक घरबाहिर हिडडुल नगर्न आग्रह गरेको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै छिमेकी देशहरुमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९)को सम्भावित जोखिम न्यूनिकरण गर्न जिल्लाबासी तथा विदेशी नागरिकलाई आवत जावत नगर्न आग्रह गरिएको हो ।

कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाद्वारा जारी सूचनामा जिल्लास्थित विद्यालय, क्याम्पस, इन्स्टिच्यूट, पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता शैक्षिक, धार्मिक, सांस्कृतिक, सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा धेरै जमघट हुनसमेत रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्