| आइतवार, कार्तिक २२, २०८३

सिरानचोकका चार ठाउँमा आइसोलेशन वार्ड

सम्भावित कोरोना संक्रमितलाई चेकजाँच तथा उपचार गर्न सिरानचोक गाउँपालिकाले चार ठाउँमा आइसोलेशन कक्षको तयारी गरेको छ ।

हर्मीको नमूना भवन, नयाँसाँगुको कृषि सहकारीको भवन, जौबारी प्राथमिक स्वास्थ्य केन्द्र र थालाजुङको स्वास्थ्य चौकी भवनमा आइसोलेशन कक्ष तयार गरिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । त्यस्तै आठवटा वडाको स्वास्थ्य चौकीमा आठ ठाउँमा हेल्थडेस्क तयार गरेको उनले बताए ।

प्रत्येक वडा अध्यक्षको संयोजकत्वमा कोरोनाका बिरामी ब्यबस्थापन कार्यदल गठन गरिएको पनि अध्यक्ष गुरुङले जानकारी दिए । कोरोना बारे जानकारी दिनका लागि पोष्टर, पम्प्लेट, फ्लेक्सबोर्ड बनाएर प्रचार प्रसार गर्ने तयारी भएको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्