| आइतवार, कार्तिक २२, २०८३

Gorkha Mun गोरखा नगरपालिकामा धेरै सहकारी

कोरोना करह : गोनपाको नगरसभा र राष्ट्रपति रनिङशिल्ड स्थगित, दुई ठाउँमा हेल्प डेक्स स्थापना

कोरोना भाईरसको त्रास फैलिरहेका बेला सचेतना अपनाउन भन्दै गोरखा नगरपालिकाले नगरको प्रवेशद्वार मझुवा र नगरपालिकाको कार्यालयमा हेल्प डेक्स स्थापना गर्ने भएको छ । सोमवार नगरपालिकामा बसेको नगरस्तरीय बिपद ब्यवस्थापन समितिको बैठकले कोरोना भाईरसबारे सचेतना जगाउन चेतनामुलक सन्देश प्रशारण, पर्चा बितरण, सचेतना लगायत कार्यक्रम गर्ने निर्णय गरेको नगरप्रमुख राजन राज पन्तले बताए ।

‘चैत्र ७ गते नगरसभा आयोजना गरेका थियौँ, त्यो पनि स्थगित भएको छ’ नगरप्रमुख पन्तले भने । सोमवार बसेको नगरकार्यपालिकाको बैठकमा पनि कोरोना भाईरसको संक्रमणबाट बच्न वडा स्तरमा सचेतना मुलक कार्यक्रमम गर्ने निर्णय भएको छ । नगरपालिका भित्र संघसंस्था वा ब्यक्तीहरुले कार्यक्रम गर्दा बढीमा ६० जना भन्दा धेरै जम्मा नहुने गरी कार्यक्रम गर्न नगरपालिकाले अनुरोध गर्ने निर्णय भएको छ ।

‘सकेसम्म मानिस भिडभाड हुने खालका कार्यक्रम नगर्न भनेका छौँ’ नगरप्रमुख पन्तले भने ‘सामाजिक सञ्जालको पहुँच नभएको समुदायलाई कोरोना बारे अझै सचेतना दिनुपर्ने भएकाले त्यस्तो ठाउँमा केन्द्रित हुनेछौँ ।’ नगरपालिकाले चैत्र २१, २२ र २३ गते आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पनि तत्काललको लागि स्थगित गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम बरालले बताए ।

‘तत्कालको लागि रनिङशिल्ड पनि स्थगित भएको छ’ उनले भने ‘कोरोना संक्रमणको त्रास रहँदा सम्म यो हुँदैन ।’ नगरपालिका भित्र बिदेशबाट भर्खरै फर्किएकाहरुको निग्रानी गर्ने, स्वास्थ्यकर्मीलाई बिदा नछाड्ने, जतिखेर पनि सेवा दिने गरी तयारी अवस्थामा रहन निर्देशन दिने, नगरभित्रका राजनीतिक दल, सामाजिक अभियान्त सबै मिलेर कोरोना भाईरसबारे सचेतना जगाउने कार्यक्रम तय भएको निमित्त प्रमुख बरालले जानकारी दिए ।

नगरपालिका भित्रका स्वास्थ्य संस्थाले हरेक दिन उपचार र कार्यक्रमको बारे नगरपालिकाको स्वास्थ्य शाखामा रिपोटिङ गर्नुपर्ने निर्देशन दिइएको छ । वडा स्तरीय बिपद् ब्यवस्थापन समितिलाई सक्रिया भएर कोरोनाबारे सचेतना जगाउने खालका कार्यक्रम गर्न अनुरोध गरिएको सुचना अधिकारी ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्