| आइतवार, कार्तिक २२, २०८३

नारेश्वरको एक घरमा आगलागी हुदा दुई लाखको क्षती

गोरखा नगरपालिका ३ नारेश्वरको एक घरमा आगलागी हुँदा दुई लाख बरावरको क्षती भएको छ ।

स्थानीय करुणानिधि कोईरालाको घरमा विद्युत सट् भएर शनिवार आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट घरको काठपात जलेर नष्ट भएको छ । दुई तले ढुङ्गामाटोको कच्चीघरमा पूर्ण क्षती पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीले बताए ।

यस्तै गोरखाको अजिरकोट गाउँपालिका ३ मा जंगलमा आगलागी भएको छ ।

शनिवार साँझ छ बजे भिरपाखो र सामुदायिक जंगलबाट आगो सल्किएर नजिकै रहेको एनटिसी र एनसेल टावरमा जोखिम परेको प्रहरीले जनाएको छ । उक्त जानकारी पाएपछि प्रहरी सहित स्थानीयले आगो नियन्त्रण गर्दा टावरमा क्षती हुन नपाएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्