| सोमवार, कार्तिक २३, २०८३

कोरोनाबाट जोगिन ट्याक्सी ब्यवशायीद्वारा गोरखामा माक्स बितरण (फोटोहरु)

कोरोना भाईरस बारे सचेतना जगाउने उद्देश्यले मनकामना यातायात सेवा प्राली गोरखाले सदरमुकामको बसपार्कमा आज माक्स बितरण गरेको छ । ट्याक्सी चालक, यात्रुबाहक बसका चालक र सर्वसाधारणलाई माक्स बितरण गरिएको प्रालीका अध्यक्ष ताराबहादुर खड्काले बताए ।


तीन हजार माक्स बितरण गर्ने योजना रहेको बताउँदै बसपार्क, बाह«किलो जस्ता सवारी आउजाउ गर्ने मुख्य ठाउँमा माक्स बितरण गर्ने योजना रहेको प्रालीले जनाएको छ ।

समितिका अध्यक्ष खड्काको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा भएको माक्स बितरण कार्यक्रममा प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी, पत्रकार महासंघका उपाध्यक्ष दिपक श्रेष्ठ, यातायात ब्यवशायी बिपिनचन्द्र ढकाल, औषधी ब्यवशायी संघका जिल्ला अध्यक्ष संगमबाबु श्रेष्ठ लगायतले धारणा राखेका थिए ।


सहभागीहरुले माक्स बितरण अभियान प्रभावकारी भएको भन्दै प्रशंसा गरे । सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा भएको कार्यक्रममा गोरखा सदरमुकामको बसपार्कमा रहेका चालकलाई माक्स दिएर गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले अभियान सुरुवात गरेका हुन् । ‘त्रसित हुनुपर्ने अवस्था छैन, तर सचेत भने रहनुपर्छ’ नगरप्रमुख पन्तले भने ‘सबै मिलेर सचेतनामा जोड दिईयो भने अन्य देशमा जस्तो जटिल अवस्था यहाँ आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्