
गोरखा अजिरकोटको प्रभा माविका ३५ भन्दा धेरै विद्यार्थीमा भाईरलको संक्रमण
गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ खरिबोटको प्रभा माध्यामिक विद्यालयका विद्यार्थी लाई रुघा, खोकी र ज्वरोको संक्रमण देखिएको छ ।
केही दिन देखि विद्यालयमा अध्ययनरत ३५ भन्दाबढि विद्यार्थी बिरामी परेको विद्यालयले जनाएको छ ।
‘विद्यार्थी बिरामी भएको खबर आएपछि गाउँपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मी पुगेर चेकजाँच गराउनुभयो’ अजिरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शुरेस दवाडीले भने । कक्षा १ देखि ९ का अधिकासं विद्यार्थीलाई ज्वरो आउने र खोकी लाग्ने लक्षण देखिएको छ ।
उक्त ठाउँ उच्च पहाडी भेगमा पर्ने र केही दिन अघि वर्षातको प्रभावका कारण अत्याधिक चिसो भई मौसम परिर्वतन हुँदा भाईरल ज्वरोको शंक्रमण बढेको हुन सक्ने अनुमान स्वास्थ्यकर्मीको छ । मंगलवार विद्यालयमा पुगेर उपचार गराएर फर्केपछि अवस्था समान्य रहेको विद्यालयका शिक्षकलाई उदृत गर्दै स्वास्थ्य प्रमुख दवाडीले जानकारी दिए । खरिबोटको खिम्पु, वलाङ र अपुनका बालवालिकामा भाईरल संक्रमण देखिएको हो ।
मौसम परिर्वतनका कारण संक्रमण भएको हुन सक्ने भएकाले खानपानमा विषेश ध्यान दिन र स्वास्थ्य अवस्था बारे सचेत रहन अविभाबक र बालवालिकालाई भनिएको उनले बताए ।




