
जिप दुर्घटनामा घाईतेलाई हेलिकप्टरबाट नर्भिक अस्पताल लगियो
मान्बु जिप दुर्घटनामा गम्भिर घाईते धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ लाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार संभव नभएपछि हेलिकप्टरबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।
बा १ च ५५०५ नम्बरको जिप सडकबाट दुई सय मिटर तल खस्दा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यू भएको थियो भने सात जना घाईते भए । राती दुर्घटना भएका कारण उद्धार र उपचारमा कठिन भएको थियो । जिप चालक धार्चे गाउँपालिका केरोँजाका बालचन्द्र गुरुङको अवस्था गम्भिर छ । उनको शरीरिको पछाडीको भाग भाँचिएको छ । गाउँपालिका उपाध्यक्ष गुरुङको नाक र छात्तिमा चोट लागेको छ । अन्य घाईतेको टाउको र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।




