
मान्बुमा जिप दुर्घटनामा परेकाको अवस्था गम्भिर, उपचारका लागि हेलिकप्टर कुर्दै (फोटोहरु)
गोरखाको आरुघाट गाउँपालिका वडा नं. १ धोर्चेतमा जिप दुर्घटना गम्भिर घाईते भएकाहरु हेलिकप्टर कुर्दै छटपटाईरहेका छन् ।
घटनास्थलमा पुगेका रेडक्रसकर्मी सुवास घिमिरेका अनुसार उनीहरुलाई दुर्घटना भएको ठाउँबाट उद्धार गरी धुन्चेत स्वास्थ्यचौकीमा राखिएको छ । तर त्यहाँ उपचार संभव नभएकाले हेलिकप्टर पर्खिरहको उनले बताए ।

उद्धारका लागि हेलिकप्टर मगाइएको भएपनि पुगेको छैन । बा १ च ५५०५ नम्बरको जिप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यू भएको छ ।
दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, केयरसिँह गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए

उद्धार गरिएका घाईतेहरु । तस्विरहरु : भगवानबाबु मास्के ।




